नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १४ चतुर्दशी (१२ साउन, २०८३, २८ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम झाले आफूलाई प्रधानाध्यापक (प्रअ) पदबाट हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा मङ्गलबारदेखि अनिश्चितकालीन धर्ना सुरु गर्नुभएको छ।
प्रधानाध्यापक झाले आफ्नो इच्छाविपरीत तामाकोशी गाउँपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयबाट काज सरुवा गराई गोल्मेश्वर माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी दिइएको बताउनुभएको छ। उक्त जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको भन्दै उहाँले राजीनामा बुझाए पनि सम्बन्धित निकायले स्वीकृत नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उहाँको भनाइ छ।
उहाँका अनुसार राजीनामा स्वीकृत नगरी आफूलाई घेराबन्दीमा पारेर जबरजस्ती काम गराउने प्रयास भइरहेको छ। त्यसैले आफ्नो राजीनामा तत्काल स्वीकृत गरी काज फिर्ता गराउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा धर्ना सुरु गरेको बताउनुभयो।
झा २०८२ मंसिरदेखि कालिका माध्यमिक विद्यालयमा माध्यमिक तहको गणित शिक्षकका रूपमा कार्यरत रहनुभएको थियो। त्यसपछि २०८३ वैशाखमा गोल्मेश्वर माध्यमिक विद्यालयमा काज सरुवा भई वैशाख २९ गते प्रधानाध्यापकमा नियुक्त हुनुभएको थियो।
आफ्नो माग पूरा नभएसम्म धर्ना जारी रहने उहाँले बताउनुभएको छ। प्रशासन कार्यालयमा सुरु भएको यो धर्नाप्रति स्थानीय शिक्षा क्षेत्र तथा सरोकारवाला निकायको समेत चासो बढेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij