Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रेम र संस्कृतिको सुन्दर संगम ‘सोल्टिनी सेवारो’ बजारमा

प्रेम र संस्कृतिको सुन्दर संगम ‘सोल्टिनी सेवारो’ बजारमा

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १३ त्रयोदशी (११ साउन, २०८३, २७ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । लोक तथा आधुनिक शैलीका गायक सुनिल थापामगरले आफ्नो नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक गरेका छन्। केही दिनअघि युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ राम्रो चर्चा बटुलिरहेको छ।

गीतमा एनिस एन्जल राईको शब्द तथा संगीत रहेको छ। प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेर तयार पारिएको गीतको म्युजिक भिडियोले पनि दर्शकको ध्यान आकर्षित गरेको छ। गीत र भिडियो दुवैले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेका छन्।

राजु कार्कीको संगीत संयोजन रहेको गीत बिप्लव अधिकारीको ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन्।

राई–लिम्बु समुदायको संस्कार र सांस्कृतिक परिवेशलाई समेटेर तयार गरिएको म्युजिक भिडियो मकवानपुरका रमणीय स्थानहरूमा छायांकन गरिएको हो। भिडियोमा गायक सुनिल थापामगर स्वयं मुख्य भूमिकामा देखिएका छन् भने अभिनेत्री रेबिका मगरले उनको साथ दिएकी छन्। भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन्।

सांस्कृतिक मौलिकता, सशक्त प्रस्तुति र भावनात्मक कथावस्तुले सजिएको ‘सोल्टिनी सेवारो’ ले नेपाली संगीतप्रेमीबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार