नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १३ त्रयोदशी (११ साउन, २०८३, २७ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३३.२८ अंकले घट्दै २,७०१.०९ बिन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ७.९० अंकले बढेको बजार सोमबार भने कारोबारको सुरुवातमा उकालो लागे पनि अन्तिमसम्म निरन्तर ओरालो लागेको हो।
कारोबार सुरु भएपछि नेप्से १२:१३ बजे २,७४४ अंकसम्म पुगेको थियो। त्यसपछि भने बजारमा बिक्री चाप बढ्दै जाँदा परिसूचक लगातार घटेर अन्त्यमा २,७०१ बिन्दुमा बन्द भएको हो।
बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकमा बैंकिङ समूह मात्रै ०.१० प्रतिशतले हरियो रहँदा अन्य अधिकांश समूह राताम्मे भए।
उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ। व्यापार समूह २.२३ प्रतिशत, होटल तथा पर्यटन २.२२ प्रतिशत, जलविद्युत् १.९० प्रतिशत, विकास बैंक १.८२ प्रतिशत, अन्य समूह १.६९ प्रतिशत, माइक्रोफाइनान्स १.२७ प्रतिशत, जीवन बीमा १.२५ प्रतिशत, निर्जीवन बीमा १.२१ प्रतिशत, फाइनान्स ०.७० प्रतिशत तथा लगानी समूह ०.७० प्रतिशतले ओरालो लागेका छन्।
नयाँ सूचीकृत कम्पनी एभरेस्ट कलर को सेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ। त्यसपछि गोर्खाज फाइनान्स ३.८६ प्रतिशत र धौलागिरि लघुवित्त ३.११ प्रतिशतले उकालो लागेका छन्।
यता आत्मनिर्भर लघुवित्त को सेयर मूल्य १३.३८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। कर्पोरेट डेभलपमेन्ट बैंक ९.६३ प्रतिशत, कालंगा हाइड्रोपावर ८.५२ प्रतिशत, सालपा विकास बैंक ८.१९ प्रतिशत तथा होटल फरेस्ट इन ७.५७ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा सोमबार रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij