Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुई सेटको अग्रता जोगाउन नसक्दा बंगलादेशसँग पनि नेपालको हार

दुई सेटको अग्रता जोगाउन नसक्दा बंगलादेशसँग पनि नेपालको हार

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १२ द्वादसी (१० साउन, २०८३, २६ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपमा लगातार चौथो खेलमा पराजित भएको छ। आइतबार पाकिस्तानको इस्लामाबादमा भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो।

नेपालले उत्कृष्ट सुरुआत गर्दै पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट १९–२५ ले गुमाए पनि तेस्रो सेट २५–२१ ले जित्दै २–१ को अग्रता बनाएको थियो। तर चौथो सेट २३–२५ ले गुमाएपछि खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो। अन्तिम सेटमा नेपाल ११–१५ ले पराजित हुँदै जित नजिक पुगेर पनि हार बेहोर्न बाध्य भयो।

यसअघि नेपाल कजाखस्तान र श्रीलंकासँग पनि ३–२ कै सेटमा पराजित भएको थियो भने घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा हार व्यहोरेको थियो।

लगातार चार खेलमा हार बेहोरेको नेपालले हालसम्म तीन अंक मात्र जोडेको छ। यससँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ।

अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा उज्वेकिस्तानको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार