Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपालको कमजोर ब्याटिङ, नामिबियासामु १५८ रनको लक्ष्य

नेपालको कमजोर ब्याटिङ, नामिबियासामु १५८ रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ। नेदरल्यान्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रनको योगदान दिए। करण केसीले १५ बलमा १८ रनको आक्रामक इनिङ्स खेले। आरिफ शेख पहिलो बलमै आउट भए भने कुशल भुर्तेलले २ तथा नन्दन यादव र सन्दीप लामिछानेले समान १ रन बनाए।

नामिबियाका जेजे स्मिथले एक मेडनसहित ६ विकेट लिएर नेपालको ब्याटिङ धराशायी बनाए। ज्याक ब्रसेल र बर्नाड स्कल्चले समान २–२ विकेट लिए। अब जितका लागि नामिबियाले १५८ रनको लक्ष्य पछ्याउनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार