नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाल शिक्षक महासंघले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतले शिक्षक पेसाको गरिमामा आघात पुर्याएको भन्दै उक्त गीत तत्काल बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा महासंघले गीतमा महिला शिक्षकलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रयोग गरिएको दाबी गर्दै यसले शिक्षक तथा शिक्षण पेसाको सम्मानमा गम्भीर चोट पुगेको जनाएको छ। महासंघले यस्तो सामग्री सार्वजनिक रूपमा प्रसारण हुनु आपत्तिजनक भएको उल्लेख गर्दै तत्काल गीत हटाउन आग्रह गरेको छ।
महासंघले आफ्नो माग बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले लिनुपर्ने चेतावनी पनि दिएको छ।
विवादमा परेको उक्त गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ। गीतमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय देख्न सकिन्छ।
भदौ ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ की निर्माता प्रियंका कार्की स्वयं हुन्। चलचित्रको कथा पनि उनकै रहेको छ भने निर्देशन बंगाली निर्देशक सुभेन्दु घोषले गरेका छन्। चलचित्रमा प्रियंका कार्की मुख्य भूमिकामा अभिनय गरेकी छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij