Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मेस्सीको जादुमा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा

मेस्सीको जादुमा अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः२ द्वितिया (३२ अषाढ, २०८३, १६ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि भिडन्तमा पुग्न सफल भएको हो।

खेलको पहिलो गोल भने इङ्ल्यान्डले गरेको थियो। ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकबाट उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा परेको अर्जेन्टिनाले खेलमा पुनरागमन गर्दै अन्तिम क्षणमा दुई गोल गरेर रोमाञ्चक जित निकाल्यो।

अर्जेन्टिनाका लागि ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले कप्तान लियोनल मेस्सीको पासमा डिबक्सबाहिरबाट शानदार प्रहार गर्दै बराबरी गोल गरे। उनको शक्तिशाली प्रहार रोक्न इङ्ल्यान्डका गोलरक्षक असफल रहे।

निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयमा लौटारो मार्टिनेजले मेस्सीकै अर्को सटीक पासलाई उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए। खेलभर दुईवटै गोलका लागि निर्णायक पास उपलब्ध गराएका कप्तान लियोनल मेस्सी ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

जारी विश्वकपमा मेस्सी आठ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहँदै गोल्डेन बुटको बलियो दाबेदार बनेका छन्।

लगातार दोस्रो पटक विश्वकपको फाइनल पुगेको अर्जेन्टिनाले अब उपाधि रक्षा गर्ने लक्ष्यसहित स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार