नेपाल सम्वत् ११४६, तछलागाः १५ प्रतिपदा (३१ अषाढ, २०८३, १५ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकको अन्त्यमा उक्त जानकारी गराउँदै अर्को बैठकको मिति सार्वजनिक गरेका हुन्।
बैठकमा सभामुख अर्यालले संसद् बैठकको अन्तराललाई जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा उपयोग गर्न सांसदहरूलाई आग्रह गरे। उनले प्रदेश सरकार र स्थानीय तहले भोगिरहेका समस्या, चुनौती तथा जनअपेक्षालाई संघीय संसद्सम्म प्रभावकारी रूपमा पुर्याउने जिम्मेवारी निर्वाचित जनप्रतिनिधिहरूकै भएको उल्लेख गरे।
सभामुख अर्यालले तीनै तहका सरकारबीचको समन्वयलाई अझ सुदृढ बनाउने, जनताका आवाजलाई संसद्सँग जोड्ने तथा विचाराधीन विधेयकहरूमाथि व्यापक छलफलको वातावरण तयार गर्न सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्नुपर्नेमा जोड दिए।
उनले संसद् बैठक नभएको अवधिमा जनतामाझ पुगेर उनीहरूको सुझाव, गुनासा र अपेक्षालाई संकलन गर्न सांसदहरूलाई आग्रह गर्दै त्यसले आगामी संसदीय बहस र नीति निर्माणलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij