Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

दोलखामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २७ वर्षीय युवक पक्राउ

दोलखामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २७ वर्षीय युवक पक्राउ

नेपाल सम्वत् ११४६, तछलागाः १४ औशी (३० अषाढ, २०८३, १४ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको शैलुङ गाउँपालिका–५ मा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा २७ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गत असार २९ गते भएको घटनापछि तत्काल खटिएको प्रहरी टोलीले आरोपित युवकलाई सोही दिन नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका युवकविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यसका लागि सम्मानित दोलखा जिल्ला अदालतबाट २०८३ असार ३० गते तीन दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

प्रहरीले यस्ता जघन्य अपराधमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने भन्दै घटनासम्बन्धी अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार