नेपाल सम्वत् ११४६, तछलागाः १४ औशी (३० अषाढ, २०८३, १४ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधि सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने प्रयास भएको भन्दै लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताविपरीत रहेको टिप्पणी गरेको छ।
सोमबार जारी विज्ञप्तिमा रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भीक, स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ।
पार्टीले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारितालाई कमजोर पार्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
रास्वपाले स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले सञ्चार क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधिको भर्त्सना गर्दै घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गर्न माग गरेको छ।
विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न आग्रह गरिएको छ।
रास्वपाले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij