Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

१० महिनापछि पुनः सञ्चालनमा आयो विराटनगरको भाटभटेनी सुपरमार्केट

१० महिनापछि पुनः सञ्चालनमा आयो विराटनगरको भाटभटेनी सुपरमार्केट

नेपाल सम्वत् ११४६, तछलागाः ११ द्वादशी (२७ अषाढ, २०८३, ११ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनर्निर्माण सम्पन्न गरेर शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। आधुनिक संरचना र नयाँ व्यवस्थापनसहित सुपरमार्केट औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको हो।

आन्दोलनका क्रममा लागेको आगोले सुपरमार्केट भवन, भित्र रहेका सामान तथा पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। त्यसपछि भत्किएको संरचना हटाएर नयाँ भवन निर्माण गर्ने काम सुरु गरिएको थियो। करिब १० महिनाको निरन्तर निर्माण कार्यपछि सुपरमार्केट पुनः सञ्चालनमा ल्याइएको हो।

पुनः सञ्चालनसँगै विराटनगरका उपभोक्ताले पहिलेजस्तै खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, घरायसी सामान तथा अन्य दैनिक उपभोग्य वस्तु एउटै स्थानबाट खरिद गर्न सक्ने भएका छन्। सुपरमार्केटमा सुरक्षा, पार्किङ तथा सेवा व्यवस्थालाई समेत थप व्यवस्थित बनाइएको जनाइएको छ।

भाटभटेनी व्यवस्थापनले कठिन परिस्थितिका बाबजुद कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको साथ र विश्वासका कारण पुनर्निर्माण सम्भव भएको जनाएको छ। पुनः सञ्चालनसँगै स्थानीय व्यापारिक गतिविधि, रोजगारी तथा बजारको चहलपहलमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार