नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । सुधन गुरुङ ले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको मृत्युको घटनालाई लिएर संसद्मा उठेका प्रश्नप्रति असन्तुष्टि जनाउँदै केही सांसदले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले गणेश नेपालीको अवस्थाबारे बुझ्न बिहीबार अस्पताल पुगेका सांसदहरूको संख्या नै थोरै रहेको दाबी गरे। उनले संसद्मा चर्को आवाज उठाउनेभन्दा प्रत्यक्ष रूपमा जनताको सेवामा खटिनुपर्ने बताए।
“हिजो अस्पतालमा कतिजना जानुभएको थियो? जति जनाले यहाँ घाँटी चिच्याएर कराउनुभएको छ। कराएर मात्र हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्रै पनि हुँदैन,” उनले भने।
गृहमन्त्री गुरुङले देशको सेवा स्टन्ट गरेर नभई जिम्मेवारीपूर्वक काम गरेर गर्नुपर्ने उल्लेख गर्दै आफूलाई कुनै प्रकारको स्टन्टबाजी गर्ने इच्छा नभएको बताए।
उनले गणेश नेपालीको ज्यान बचाउन सरकारले आवश्यक पहल गरेको दाबी गर्दै उपचारका सबै सम्भावित प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको बताए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij