Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

असार २५ मै सरकारले गर्‍यो झन्डै ३३ अर्ब रुपैयाँ भुक्तानी

असार २५ मै सरकारले गर्‍यो झन्डै ३३ अर्ब रुपैयाँ भुक्तानी

नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला ।  आर्थिक वर्ष २०८२/८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले झन्डै ३३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते मात्रै कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको हो।

यसअन्तर्गत चालू खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

आर्थिक वर्षको अन्तिम दिन ठूलो परिमाणमा भुक्तानी हुने परम्परा यस वर्ष पनि दोहोरिएको देखिएको छ। बजेट कार्यान्वयनका क्रममा अन्तिम समयमा खर्च र भुक्तानीको चाप बढ्ने भएकाले असारको अन्तिम दिन सरकारी कोषबाट ठूलो रकम निकासा हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार