नेपाल सम्वत् ११४६, तछलागाः ८ अष्ठमी (२४ अषाढ, २०८३, ०८ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला ।
गीतकार तारा अधिकारीको शब्द सिर्जनामा तयार भएको नयाँ नेपाली गीत ‘फोटो क्लिक’ सार्वजनिक भएको छ। आकर्षक शब्द, आधुनिक संगीत र मनोरञ्जनात्मक प्रस्तुतीकरणसहितको गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याइएको हो।
गीतमा गायिका प्रेणा सिंहको सुमधुर स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन्। प्रेम र समकालीन भावनालाई समेटेर तयार गरिएको गीतले श्रोताको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।
म्युजिक भिडियोमा अनुजा अधिकारी, अस्मिता ढकाल र मनीष डीकेको अभिनय रहेको छ। भिडियोको छायांकन बिनोद बलले गरेका हुन् भने सहायक निर्देशन, सम्पादन तथा कलर ग्रेडिङ विशाल राज खनालले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी मनीष डीकेले सम्हालेका छन् भने बाबुराम निरौलाले सीएडी (CAD) को कार्य गरेका छन्।
गीतकार तारा अधिकारी स्वयंले भिडियोको निर्देशन तथा निर्माण गरेका हुन्। पोस्ट–प्रोडक्सनको काम सुनौलो तारा मोशन प्रालिले गरेको छ।
सार्वजनिक भएको ‘फोटो क्लिक’ गीत तथा यसको म्युजिक भिडियोले नेपाली संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij