Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपाल सम्वत् ११४६, तछलागाः ७ सप्तमी (२३ अषाढ, २०८३, ०७ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ६४.६९ प्रतिशत हो।

नतिजाअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्। त्यसैगरी १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० सम्म जीपीए हासिल गरेका छन्। ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने कुनै पनि विद्यार्थी छैनन्।

बोर्डले नतिजा आफ्नो वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ। साथै नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले बोर्डले तोकेको समयभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसैबीच, परीक्षा मर्यादा विपरीत गतिविधिमा संलग्न भएको आरोपमा केन्द्राध्यक्षको सिफारिसका आधारमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार