Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य वृद्धि

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर स्थिर, युरो र पाउण्डमा सामान्य वृद्धि

नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमय दर स्थिर रहँदा युरोपियन युरो, बेलायती पाउण्ड स्ट्रलिङ तथा अष्ट्रेलियन डलरको मूल्यमा सामान्य वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। आइतबार पनि डलर यही दरमा कारोबार भएको थियो।

युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८८ पैसा र बिक्री दर १७४ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिद दर २०३ रुपैयाँ ०१ पैसा र बिक्री दर २०३ रुपैयाँ ८१ पैसा कायम भएको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ २६ पैसा र बिक्री दर १९० रुपैयाँ तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ५२ पैसा र बिक्री दर १०५ रुपैयाँ ९४ पैसा पुगेको छ। क्यानेडियन डलरको खरिद दर १०७ रुपैयाँ ०८ पैसा र बिक्री दर १०७ रुपैयाँ ५० पैसा तथा सिङ्गापुर डलरको खरिद दर ११७ रुपैयाँ ७२ पैसा र बिक्री दर ११८ रुपैयाँ १८ पैसा कायम गरिएको छ। क्यानेडियन र सिङ्गापुर डलरको मूल्यमा भने सामान्य गिरावट आएको छ।

त्यसैगरी, जापानी येन (१०) को खरिद दर ९ रुपैयाँ ४२ पैसा र बिक्री दर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ४२ पैसा र बिक्री दर २२ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिद दर ४० रुपैयाँ ४९ पैसा र बिक्री दर ४० रुपैयाँ ६५ पैसा तथा कतारी रियालको खरिद दर ४१ रुपैयाँ ७१ पैसा र बिक्री दर ४१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले थाइ भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमय दर पनि सार्वजनिक गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटबाट हेर्न सकिने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार