नेपाल सम्वत् ११४६, तछलागाः १ प्रतिपदा (१७ अषाढ, २०८३, ०१ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्ने कार्यसूची तय गरिएको छ।
बैठकको सुरुवातमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् भने अन्त्यमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गरिने कार्यसूची छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने र अन्ततः विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गरिनेछ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल सम्पन्न भएको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने अन्त्यमा विधेयक पारित गर्ने प्रस्ताव पनि सदनमा पेश हुनेछ।
आजको बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण तथा सहकारी क्षेत्रसँग सम्बन्धित तीनवटै महत्वपूर्ण संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गर्ने सरकारको तयारी रहेको संसद् सचिवालयले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij