Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

११ किलो सुन तस्करी प्रकरणका फरार प्रतिवादी दोलखाबाट पक्राउ

११ किलो सुन तस्करी प्रकरणका फरार प्रतिवादी दोलखाबाट पक्राउ

नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ प्रतिपदा (१६ अषाढ, २०८३, ३० जुन, २०२६) मंगलबार, बाँपिझ्याला । ११ किलो सुन तस्करी प्रकरणमा दुई वर्षदेखि फरार रहेका दोलखाको बिगु गाउँपालिका–१ निवासी २६ वर्षीय पेम्बा तामाङ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले उनलाई आइतबार पक्राउ गरेको हो। तामाङ २०८० असोज १० गते बरामद भएको ११ किलो अवैध सुन प्रकरणमा भन्सार चोरी–पैठारी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतका मुद्दाका प्रतिवादी हुन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार पक्राउ परेका तामाङलाई दोलखा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

प्रहरीका अनुसार लामो समयदेखि फरार रहेका तामाङलाई खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो। प्रहरीले सुन तस्करी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान पनि निरन्तर जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार