नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ प्रतिपदा (१६ अषाढ, २०८३, ३० जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–१ गैरो वेगुम्बामा बिजुली सर्ट भई लागेको आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीय भाजु थामी र उनका छोरा लालबहादुर थामीको घरमा मंगलबार भएको आगलागीले घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट गरेको हो।
आगलागीबाट अन्नपात, सुन–चाँदी, लत्ताकपडा, भाडाकुँडा, कुखुरा, माहुरीका घारलगायत घरभित्र रहेका सबै सामान जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब २५ देखि ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। आगलागीको कारण र क्षतिको यथार्थ विवरण सम्बन्धित निकायले संकलन गरिरहेको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो निय
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij