Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

एसडी योगीको नयाँ सांगीतिक कोशेली ‘गाजलको रेखी’ सार्वजनिक

एसडी योगीको नयाँ सांगीतिक कोशेली ‘गाजलको रेखी’ सार्वजनिक

नेपाल सम्वत् ११४६, तछलाथ्वः १५ चतुर्दशी (१५ अषाढ, २०८३, २९ जुन, २०२६) सोमबार, बाँपिझ्याला । गायक एसडी योगी र गायिका स्वस्तिका ढकालको सुमधुर स्वरमा सजिएको नयाँ रोमान्टिक गीत ‘गाजलको रेखी’ सार्वजनिक गरिएको छ। गीत सोमबार नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

गीतमा रबिन स्वप्निल गिरीको शब्द, एसडी योगीकै संगीत तथा **रिकेश गुरुङ ‘किज’**को संगीत संयोजन रहेको छ। प्रेम, आकर्षण र प्रिय व्यक्तिप्रतिको मोहलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको यस गीतले गाजलले सजिएका आँखाको सौन्दर्य र त्यसले प्रेमी मनमा पार्ने प्रभावलाई भावपूर्ण शैलीमा प्रस्तुत गरेको छ।

गीतको भिडियोमा कार्टुन्ज क्रुका चर्चित कलाकार आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा आकर्षक नृत्य देख्न सकिन्छ। उनीहरूसँगै कार्टुन्ज क्रु न्यू जेनेरेसनका कलाकारहरूको समेत सहभागिताले भिडिओलाई थप जीवन्त बनाएको छ।

भिडिओको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् भने निर्देशन सरोज अधिकारीले गरेका हुन्। दिनेश पराजुलीको छायांकन, दिन्सन शाहको सम्पादन तथा कलर ग्रेडिङले भिडिओलाई थप आकर्षक बनाएको छ।

मधुर संगीत, भावपूर्ण शब्द र उत्कृष्ट दृश्य प्रस्तुतिका कारण **‘गाजलको रेखी’**ले दर्शक तथा संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार