नेपाल सम्वत् ११४६, तछलाथ्वः १४ चतुर्दशी ९१४ अषाढ, २०८३, २८ जुन, २०२६० आईतबार, बाँपिझ्याला । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा नेपालका चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा उपस्थित भएका छन्। आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृह मा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा वाम राजनीति केन्द्रित विशेष दृश्य देखिएको हो।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल सहभागी थिए। चारै जना पूर्वप्रधानमन्त्री एउटै मञ्चमा उभिँदा राजनीतिक वृत्तमा विशेष चासो उत्पन्न भएको छ।
उक्त कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि उपस्थित थिइन्। यसरी पूर्वराष्ट्रपतिसहित चार पूर्वप्रधानमन्त्री एकै स्थानमा देखिनुलाई वामपन्थी शक्तिहरूबीच बढ्दो संवाद र सहकार्यको संकेतका रूपमा हेरिएको छ।
यसैबीच, नेकपा संयोजक प्रचण्डले केही दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा एमालेसँग संसद र सडक दुवै मोर्चामा सहकार्य गर्दै अघि बढ्ने वातावरण बनेको बताएका थिए। उनले तत्काल पार्टी एकता सम्भव नभए पनि सहकार्यको आधार तयार भइसकेको उल्लेख गरेका थिए।
प्रचण्डले आफ्नो राजनीतिक जीवनमा पटक–पटक ‘क्रमभंग’ गर्दै आएको स्मरण गर्दै आगामी महाधिवेशनबाट फेरि नयाँ राजनीतिक मोड आउने संकेतसमेत दिएका थिए। उनले त्यसलाई आफ्नो जीवनको ‘अन्तिम क्रमभंग’ हुने बताउँदै कार्यकर्ताहरूलाई त्यसका लागि तयार रहन आग्रह गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij