Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मिस नेवा नेपालका प्रतियोगीका लागि कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन

मिस नेवा नेपालका प्रतियोगीका लागि कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन

नेपाल सम्वत् ११४६, तछलाथ्वः १४ चतुर्दशी ९१४ अषाढ, २०८३, २८ जुन, २०२६० आईतबार, बाँपिझ्याला । उन्नाइसौँ वार्षिक मिस नेवा नेपाल ११४६ अन्तर्गत सहभागी २१ जना प्रतियोगीहरूको सफल भविष्य, सुखद जीवनयात्रा र विश्व शान्तिको कामनासहित शनिबार काठमाडौंको बसन्तपुरस्थित कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन गरिएको छ।

आध्यात्मिक आस्था, सकारात्मक ऊर्जा र मानव कल्याणको सन्देश फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा प्रतियोगीहरू, उनीहरूका अभिभावक, पूर्व मिस नेवा नेपाल विजेताहरू, मिस नेवा सोसियल वेल्फेयर एम्बासडर, संस्थाका सल्लाहकार तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

दीप प्रज्वलनपछि सहभागीहरूले सबै प्रतियोगीहरूको सपना पूरा होस्, उनीहरू नेतृत्व, आत्मविश्वास, अनुशासन र सेवाभावका साथ अघि बढून् भन्ने शुभकामना व्यक्त गरेका थिए। साथै विश्वमा शान्ति, सद्भाव र सहअस्तित्व कायम रहोस् भन्ने सामूहिक प्रार्थना पनि गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार मिस नेवा नेपाल सौन्दर्य प्रतियोगिता मात्र नभई नेवारी भाषा, संस्कृति, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यलाई प्रवर्द्धन गर्ने अभियानका रूपमा स्थापित हुँदै आएको छ। कुमारी मन्दिरमा आयोजित १ लाख बत्ती प्रज्वलन कार्यक्रमले पनि यही सन्देशलाई थप सशक्त बनाएको विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार