नेपाल सम्वत् ११४६, तछलाथ्वः १० दशमी (१० अषाढ, २०८३, २४ जुन, २०२६) बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि ६ जना मन्त्रीले उम्मेदवारी नदिएको खुलासा भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीमा प्रधानमन्त्री बालेन शाह सहित ६ मन्त्रीको नाम समावेश छैन।
प्रधानमन्त्री बालेन शाह वरिष्ठ नेताको भूमिकामा सिधै मनोनीत हुने भएकाले उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु नपर्ने बताइएको छ। सूचीमा बालेन निकट मानिएका गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल को नाम पनि छैन। स्रोतका अनुसार लम्साललाई उपसभापतिमा मनोनयन गर्ने तयारी भइरहेको छ।
उम्मेदवारी नदिने अन्य मन्त्रीहरूमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव रहेका छन्। प्रतिभा रावलको नाम उपसभापति (महिला) पदका लागि चर्चामा रहेको बताइएको छ।
यता, बाँकी ९ जना मन्त्री भने केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्ले ले गण्डकी प्रदेशबाट राष्ट्रिय क्लस्टरतर्फ उम्मेदवारी दिएका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल ले बागमती प्रदेशबाट उम्मेदवारी दिएका छन्।
त्यस्तै, कानुनमन्त्री सोबिता गौतम, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, कृषि मन्त्री गीता चौधरी, युवा तथा रोजगार मन्त्री रामजी यादव र महिला तथा बालबालिका मन्त्री सीता वादी समेत उम्मेदवार सूचीमा रहेका छन्।
रास्वपाको संशोधित विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ। केन्द्रीय सदस्य निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। १९ सदस्यीय पदाधिकारी टोलीमध्ये ८ पदमा मात्रै निर्वाचन हुनेछ भने बाँकी ११ जना सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij