Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

केन्द्रीय सदस्यका आकांक्षीलाई रास्वपाको ‘ब्रेक’: शुल्क र समर्थन नियम विवादमा

केन्द्रीय सदस्यका आकांक्षीलाई रास्वपाको ‘ब्रेक’: शुल्क र समर्थन नियम विवादमा

नेपाल सम्वत् ११४६, तछलाथ्वः ९ नवमी ९९ अषाढ, २०८३, २३ जुन, २०२६० मंगलबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा उम्मेदवारी शुल्क र प्रस्तावक–समर्थक सम्बन्धी नयाँ नियमलाई लिएर प्रतिनिधिहरूबीच असन्तुष्टि देखिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सभापति पदका लागि ५१ हजार रुपैयाँ तथा पदाधिकारी र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ।

केन्द्रीय सदस्य बन्न इच्छुक प्रतिनिधिहरूले यति धेरै शुल्कले उम्मेदवारी दिन चाहनेहरूलाई निरुत्साहित गर्ने बताएका छन्। त्यस्तै, कुनै उम्मेदवारका प्रस्तावक र समर्थक बनेका प्रतिनिधिले आफैं उम्मेदवारी दिन नपाउने नियमले पनि आकांक्षीहरूको संख्या घटाउने उद्देश्य राखिएको भन्दै आलोचना भइरहेको छ।

निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले भने रास्वपा अन्य दलजस्तो चन्दा लिने पार्टी नभएकाले सदस्यहरूकै सामूहिक लगानीबाट पार्टी सञ्चालन गर्ने उद्देश्यले शुल्क निर्धारण गरिएको बताएका छन्। उनका अनुसार यसले पार्टीप्रति अपनत्व र जिम्मेवारीको भावना पनि विकास गर्नेछ।

महाधिवेशन प्रतिनिधिको संख्या ४३ सय नाघिसकेको र झण्डै एक हजार प्रतिनिधि केन्द्रीय सदस्यका आकांक्षी देखिएकाले उम्मेदवारी व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको नेताहरूको भनाइ छ। नयाँ नियम लागू भएपछि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने संख्या उल्लेख्य रूपमा घट्न सक्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार