"कति पछि हाम्रो भेटघाट गर्ने समय जुटेकोछ " राजेशले कुरा सुरु गर्यो ।
उनीहरुको स्कूले जीवन पछिको यो पुनर्मिलन कार्यक्रम ।
जम्मा भएका सबले हो मा हो मिलाए । सब भोकाएका थिए खाजा खाँदै गफ गर्ने सल्ला गरे ।
" पख न मुस्कान आइपुगेकी छैन, उनलाई पनि आउँन दिउंन् " प्रशान्त बोल्यो ।
" त्यो पुजारीको छोरी ? अहिले ठूलै हाकिम भएकीछेरे तर पुजारीको छोरी नै त हो ।" रिमा संदै मुस्कानलाई होच्याएर कुरा गर्थी , नानीदेखिको वानी गएको छैन रहेछ ।
अरु साथीहरुले पनि गफ गर्दै कुरौं भन्न थाले । यतिकैमा मुस्कान हँसिलो मुहार पार्दै आइपुगी । उनी पहिले भन्दा निक्कै फरक देखिएकी छे । उनको त्यो शालिनता र उज्यालो अनुहार भने उस्तै थियो ।
तिनी गाडीबाट ओर्लेर सबलाई अभिबादन गर्दै ढिला भएकोमा माफी पनि मागीन् ।
" पुजारीको छोरी आइपुग्यौ !" रिमाले ईर्श्यापूर्वक भनिन् ।
अरुले उनलाई स्वागत तथा बधाई दिए। अहिले मुस्कान प्रमुख जिल्ला अधिकृत भै सकेकी छे । सबको भलाकुसारी र आ-आफ्नो अनुभवका किस्साहरु सके पछि खाजाको कुरा उठ्यो ।
" खाजा त सरकारी हाकिम पुजारीको छोरीले खुवाउने नि!" रिमाले हठात बोलिन सबले मुखामुख गरे ।
मुस्कान खुशी हुंदै " हुन्छ तर मेरो एउटा कुरा मान्नु पर्छ । मेरो बुबाले काम गरेको सरस्वतीको मन्दिरमा खाजा खाएर हामी सबै जानु पर्छ ।अहिले त उक्त मन्दिर ठूलो पनि बनेको छ ।"
" तिम्रो बुबा अझै काम गर्नु हुन्छ र ?" प्रशान्तले जिज्ञाँशा राख्यो ।
" गर्नु हुन्छ नि अहिले प्रमुख सल्लाकार हुनुहुन्छ र मन्दिर निर्माणलाई केहि लगानी पनि गर्नु भएको छ।"
सबले खाजा खाएर मुस्कानको गाडीमा मन्दिर तर्फ लागे ।रिमालाई भने मुस्कानलाई अझै होच्याउने मन थियो । गाडी गाउँको ठूलो नामचलेको आधुनिक सामुदायिक पुस्तकालयमा रोकियो ।सब अलमल परे ।
" यहि हो मेरो बुबा पुजारी भएर काम गर्ने सरस्वतीको मन्दिर ।जहाँ राजा रंक सबलाई ज्ञानरुपी प्रसाद प्रदान गरिन्छ ।" मुस्कानको अनुहरमा गौरवता फैलिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij