Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लघुकथा: पुजारी

लघुकथा: पुजारी

"कति पछि हाम्रो भेटघाट गर्ने समय जुटेकोछ " राजेशले कुरा सुरु गर्‍यो ।
उनीहरुको स्कूले जीवन पछिको यो पुनर्मिलन कार्यक्रम ।

जम्मा भएका सबले हो मा हो मिलाए । सब भोकाएका थिए  खाजा खाँदै गफ गर्ने सल्ला गरे ।
" पख न मुस्कान आइपुगेकी छैन, उनलाई पनि आउँन दिउंन् " प्रशान्त बोल्यो ।

" त्यो पुजारीको छोरी ? अहिले ठूलै हाकिम भएकीछेरे तर पुजारीको छोरी नै त हो ।" रिमा संदै मुस्कानलाई होच्याएर कुरा गर्थी , नानीदेखिको वानी गएको छैन रहेछ ।
अरु साथीहरुले पनि गफ गर्दै कुरौं भन्न थाले । यतिकैमा मुस्कान हँसिलो मुहार पार्दै आइपुगी । उनी पहिले भन्दा निक्कै फरक देखिएकी छे । उनको त्यो शालिनता र उज्यालो अनुहार भने उस्तै थियो ।

तिनी गाडीबाट ओर्लेर सबलाई अभिबादन गर्दै ढिला भएकोमा माफी पनि मागीन् ।
" पुजारीको छोरी आइपुग्यौ  !" रिमाले ईर्श्यापूर्वक भनिन् ।

अरुले उनलाई स्वागत तथा बधाई  दिए। अहिले मुस्कान प्रमुख जिल्ला अधिकृत भै सकेकी छे । सबको भलाकुसारी र आ-आफ्नो अनुभवका किस्साहरु सके पछि खाजाको कुरा उठ्यो  । 

" खाजा त सरकारी हाकिम पुजारीको छोरीले खुवाउने नि!"  रिमाले हठात बोलिन सबले मुखामुख गरे । 
मुस्कान खुशी हुंदै " हुन्छ तर मेरो एउटा कुरा मान्नु पर्छ । मेरो बुबाले काम गरेको सरस्वतीको मन्दिरमा खाजा खाएर हामी सबै जानु पर्छ ।अहिले त उक्त मन्दिर ठूलो पनि बनेको छ ।"

" तिम्रो बुबा अझै काम गर्नु हुन्छ र ?" प्रशान्तले जिज्ञाँशा राख्यो ।

" गर्नु हुन्छ नि अहिले प्रमुख सल्लाकार हुनुहुन्छ र मन्दिर निर्माणलाई केहि लगानी पनि गर्नु भएको छ।"

सबले खाजा खाएर मुस्कानको गाडीमा मन्दिर तर्फ लागे ।रिमालाई भने मुस्कानलाई अझै होच्याउने मन थियो । गाडी गाउँको ठूलो नामचलेको आधुनिक सामुदायिक पुस्तकालयमा रोकियो ।सब अलमल परे ।

" यहि हो मेरो बुबा पुजारी भएर काम गर्ने सरस्वतीको मन्दिर ।जहाँ राजा रंक सबलाई ज्ञानरुपी प्रसाद प्रदान गरिन्छ ।"  मुस्कानको अनुहरमा गौरवता फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार