नेपाल सम्वत् ११४६, तछलाथ्वः २ प्रतिपदा (२ अषाढ, २०८३, १५ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशभरका अधिकांश संगठनात्मक तहमा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीका अनुसार हालसम्म ६४ जिल्लासहित चार प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रिया टुंगिएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी ले चार हजार ३६३ वडा र ६०९ पालिकामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएका छन्। उनका अनुसार केही जिल्लामा आन्तरिक विवाद तथा विधानसम्बन्धी विषयका कारण अधिवेशन स्थगित वा बदर भएको अवस्था रहेको छ।
अधिवेशन हुन बाँकी जिल्लामा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही रहेका छन्।
त्यसैगरी, अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट मा प्रक्रिया रोकिएको पार्टीले जनाएको छ।
प्रदेशस्तरमा सात प्रदेशमध्ये चार प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशको अधिवेशन स्थगित रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको महामन्त्री बुर्लाकोटीले बताए।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना गर्ने तयारी गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij