नेपाल सम्वत् ११४६, तछलाथ्वः २ प्रतिपदा (२ अषाढ, २०८३, १५ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय ले बुधबार १८औँ सिनेट, चौथो दीक्षान्त तथा १६औँ वार्षिकोत्सव समारोह एकै दिन आयोजना गर्ने भएको छ।
चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा विष्णुकुमार खड्का का अनुसार ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थीलाई दीक्षित गरिनेछ। तीमध्ये ४५५ जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका छन्।
विश्वविद्यालयका सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिक उपाधि हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ तथा दर्शनाचार्य (पीएचडी) तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय गरिएको छ। हालसम्म विश्वविद्यालयबाट कुल छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन्।
समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं सस्मित पोखरेल ले गर्नेछन् भने प्रमुख अतिथिका रूपमा केदारभक्त माथेमा सहभागी हुनेछन्।
विश्वविद्यालयका उपकुलपति डा नारायणप्रसाद पौडेल ले विश्वविद्यालयसभामा आय–व्ययको विवरण प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित एक अर्ब ४९ करोड रुपैयाँ बजेट स्वीकृत गर्ने र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij