Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विश्वकपको महाकुम्भ सुरु, ४८ टोली नयाँ इतिहास रच्ने दौडमा

विश्वकपको महाकुम्भ सुरु, ४८ टोली नयाँ इतिहास रच्ने दौडमा

नेपाल सम्वत् ११४६, अनलागाः १३ त्रयोदशी (३० जेष्ठ, २०८३, १३ जुन, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली समयअनुसार बिहीबार मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विश्वकपको नयाँ संस्करण औपचारिक रूपमा सुरु भएको छ। अब आगामी ३९ दिनसम्म विश्वभरका फुटबलप्रेमीहरूलाई रोमाञ्चक प्रतिस्पर्धाले बाँधेर राख्नेछ। यस पटकको विश्वकप विशेष रूपमा ऐतिहासिक मानिएको छ, किनभने पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदै प्रतियोगितालाई अझ विशाल र प्रतिस्पर्धात्मक बनाएका छन्।

विश्व फुटबलको सर्वोच्च उपाधिका लागि ४८ राष्ट्रका टोलीहरू मैदानमा उत्रिएका छन्। प्रतियोगिताभर १०४ खेल खेलिनेछन्, जसमा सहभागी १ हजार २ सय ४८ खेलाडीमध्ये अन्ततः विजेता टोलीका २६ खेलाडीले प्रतिष्ठित विश्वकप ट्रफी उचाल्ने अवसर प्राप्त गर्नेछन्। हरेक टोलीको लक्ष्य एउटै छ—विश्व फुटबलको नयाँ राजा बन्ने।

यस संस्करणमा फ्रान्स, स्पेन, पोर्चुगल, अर्जेन्टिना र ब्राजिललाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ। पछिल्ला वर्षहरूमा उत्कृष्ट प्रदर्शन गरेका यी टोलीहरू विश्वकप जित्ने होडमा अगाडि रहेका छन्। विशेष गरी साविक विजेता अर्जेन्टिना तथा युरोपेली शक्तिशाली टोली फ्रान्स र स्पेनप्रति समर्थकहरूको ठूलो अपेक्षा छ। पोर्चुगल र ब्राजिल पनि बलियो टोलीका रूपमा उपाधि दौडमा रहेका छन्।

विश्व फुटबलका सफल राष्ट्रहरूमध्ये एक इटाली भने लगातार तेस्रो पटक पनि विश्वकपको फाइनल चरणमा पुग्न असफल भएको छ। चार पटक विश्वकप जितिसकेको इटालीको अनुपस्थितिले प्रतियोगितामा एउटा चर्चित टोलीको कमी महसुस गराए पनि अन्य नयाँ र उदाउँदा राष्ट्रहरूका लागि अवसर सिर्जना गरेको छ।

यस पटकको विश्वकपमा केही नयाँ इतिहास पनि लेखिएको छ। केप भेर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका छन्। यी राष्ट्रहरूका लागि मात्र होइन, उनीहरूका समर्थकहरूका लागि पनि यो सहभागिता ऐतिहासिक उपलब्धि बनेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा पहिलो पटक उपस्थित हुने अवसरले ती देशहरूमा उत्साहको लहर छाएको छ।

प्रतियोगिता उत्तर अमेरिकाका तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन्। कुल १६ शहरमा खेलहरू सञ्चालन हुनेछन्, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ शहर समावेश छन्। आधुनिक रंगशाला, अत्याधुनिक पूर्वाधार र विशाल दर्शक उपस्थितिका कारण यो संस्करण अहिलेसम्मकै भव्य विश्वकपमध्ये एक हुने अपेक्षा गरिएको छ।

विश्वकपको अन्तिम खेल जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुनेछ। उपाधि जित्न सफल टोलीले समूह चरणदेखि फाइनलसम्म कुल आठ खेल खेल्नुपर्नेछ। त्यसैले यस पटकको प्रतियोगिता केवल प्रतिभाको मात्र होइन, धैर्यता, रणनीति र निरन्तरताको पनि ठूलो परीक्षा हुनेछ।

फुटबलप्रेमीहरूको नजर अब आगामी ३९ दिन विश्वकपमै केन्द्रित रहनेछ। नयाँ च्याम्पियनको खोजीसँगै विश्व फुटबलको इतिहासमा अर्को अविस्मरणीय अध्याय लेखिने तयारी सुरु भएको छ।

कुन खेल कता ?

१. एरोहेड रंगशाला अमेरिकाको एरोहेड रंगशाला सन् १९७२ मा औपचारिक रुपमा तयार भएको हो । यसको दर्शक क्षमता ७३ हजार छ । मिजुरी राज्यस्थित केन्सास शहरमा रहेको एरोहेड रंगशालामा समूह चरणका चार र नकआउट चरणका दुई गरि कूल ६ खेल हुनेछन् ।

एरोहेड रंगशालामा हुने खेलहरुः

– अर्जेन्टिना भर्सेस अल्जेरिया (जुन १६)

– इक्वेडर भर्सेस कोरासाओ (जुन २०)

– ट्युनिसिया भर्सेस नेदरल्यान्ड्स (जुन २५)

– अल्जेरिया भर्सेस अस्ट्रिया (जुन २७)

– राउन्ड अफ १६ (जुलाई ३)

– क्वार्टरफाइनल (जुलाई ११)

२. एटी एन्ड टी रंगशाला (डालास रंगशाला) टेक्सस राज्यस्थित एर्लिङ्टन शहरमा रहेको एटी एन्ड टी अर्थात् डालास रंगशाला यस विश्वकपकै सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला हो । सन् २००९ मा तयार भएको यो रंगशालाको दर्शक क्षमता ९४ हजार छ । यस रंगशालामा समूह चरणका पाँच र नकआउट चरणका चार गरि कूल ९ खेल हुनेछन् ।

एटी एन्ड टी रंगशालामा हुने खेलहरु

– नेदरल्यान्ड्स भर्सेस जापान (जुन १४)

– इङ्ल्यान्ड भर्सेस क्रोएसिया (जुन १७)

– अर्जेन्टिना भर्सेस अस्ट्रिया (जुन २२)

– जापान भर्सेस स्विडेन (जुन २५)

– जोर्डन भर्सेस अल्जेरिया (जुन २७)

– राउन्ड अफ ३२ (जुन ३० र जुलाई ३)

– राउन्ड अफ १६ (जुलाई ६)

– सेमिफाइनल (जुलाई १४)

३. जिलेट रंगशाला (बोस्टन रंगशाला) म्यासाचुसेट्स राज्यस्थित फक्सबरो शहरमा अवस्थित जिलेट अर्थात बोस्टन रंगशाला अमेरिकामा रहेका ११ मध्ये सबैभन्दा कम दर्शक क्षमता भएको रंगशाला हो । सन् २००२ मा तयार पारिएको यस रंगशालाको दर्शक क्षमता ६५ हजार छ । बोस्टन रंगशालामा समूह चरणका समूह चरणका पाँच र नकआउट चरणका दुई गरि कूल ७ खेल हुनेछन् ।

बोस्टन रंगशालामा हुने खेलहरुः

– हाइटी भर्सेस स्कटल्यान्ड (जुन १३)

– इराक भर्सेस नर्वे (जुन १६)

– स्कटल्यान्ड भर्सेस मोरक्को (जुन १९)

– इङ्ल्यान्ड भर्सेस घाना (जुन २३)

– नर्वे भर्सेस फ्रान्स (जुन २६)

– राउन्ड अफ ३२ (जुन २९)

– क्वार्टरफाइनल (जुलाई ९)

४. हार्ड रक रंगशाला (मियामी रंगशाला) फ्लोरिडा राज्यस्थित मियामी गार्डेनमा अवस्थित हार्ड रक रंगशालाको दर्शक क्षमता पनि ६५ हजार नै हो । सन् १९८७ मा तयार पारिएको यस रंगशालाले सन् २०२४ को कोपा अमेरिका फाइनल पनि होस्ट गरेको थियो । उक्त फाइनल अनियन्त्रित दर्शकहरुको भिडका कारण ८२ मिनेट ढिलो सुरु गरिएको थियो । समूह चरणका चार र नकआउट चरणका तीन गरि कूल ७ खेल यस रंगशालामा हुनेछन् ।

हार्ड रक रंगशालामा हुने खेलहरु

– साउदी अरेबिया भर्सेस उरुग्वे (जुन १५)

– उरुग्वे भर्सेस केप भर्डे (जुन २१)

– ब्राजिल भर्सेस स्कटल्यान्ड (जुन २४)

– कोलम्बिया भर्सेस पोर्चुगल (जुन २७)

– राउन्ड अफ ३२ (जुलाई ३)

– क्वार्टरफाइनल (जुलाई ११)

– तेस्रो स्थानको प्रतिस्पर्धा (जुलाई १८)

५. लिभाइज रंगशाला (सान फ्रान्सिस्को बे एरिया रंगशाला) लिभाइज रंगशाला अर्थात सान फ्रान्सिस्को बे एरिया रंगशालाको दर्शक क्षमता हो ७१ हजार । यो रंगशाला क्यालिफोर्नियास्थित सान्ता क्लारा शहरमा अवस्थित छ । सन् २०१४ मा उद्घाटन भएको यस रंगशालामा समूह चरणका पाँच र एउटा नकआउट गरि कूल ६ खेल हुनेछन् । लिभाइज रंगशाला

(सान फ्रान्सिस्को बे एरिया रंगशाला)मा हुने खेलहरुः

– कतार भर्सेस स्विट्जरल्यान्ड (जुन १३)

– अस्ट्रिया भर्सेस जोर्डन (जुन १६)

– टर्की भर्सेस पाराग्वे (जुन १९)

– जोर्डन भर्सेस अल्जेरिया (जुन २२)

– पाराग्वे भर्सेस अस्ट्रेलिया (जुन २५)

– राउन्ड अफ ३२ (जुलाई १)

६. लिन्कन फानन्सियल फिल्ड (फिलाडेल्फिया रंगशाला) फिलाडेन्फिया रंगशाला सन् २००३ मा उद्घाटन भएको हो । ६९ हजार दर्शक क्षमता रहेको यस रंगशाला अमेरिकन एनएफएलको फिलाडेल्फिया इगल्सको घरेलु मैदान हो । यो रंगशालामा समूह चरणका पाँच र राउन्ड अफ १६ को एक गरि कूल ६ खेल हुनेछन् ।

फिलाडेल्फिया रंगशालामा हुने खेलहरुः

– आइभरी कोस्ट भर्सेस इक्वेडर (जुन १४)

– ब्राजिल भर्सेस हाइटी (जुन १९)

– फ्रान्स भर्सेस इराक (जुन २२)

– कोरासाओ भर्सेस आइभरी कोस्ट (जुन २५)

– क्रोएसिया भर्सेस घाना (जुन २७)

– राउन्ड अफ १६ (जुलाई ४)

७. लुमेन फिल्ड (सियाटल रंगशाला) वासिङ्टन डिसीको सियाटल शहरस्थित लुमेन फिल्ड रंगशालाको दर्शक क्षमता पनि ६९ हजार नै हो । यो रंगशाला सन् २००२ मा उद्घाटन भएको हो । यस रंगशालामा समूह चरणका चार तथा नकआउटका दुई गरि कूल ६ खेल हुनेछन् ।

लुमेन फिल्ड (सियाटल रंगशाला)मा हुने खेलहरुः – बेल्जियम भर्सेस इजिप्ट (जुन १५)

– अमेरिका भर्सेस अस्ट्रेलिया (जुन १९)

– बोस्निया हर्जगोभिना भर्सेस कतार (जुन २४)

– इजिप्ट भर्सेस इरान (जुन २६)

– राउन्ड अफ ३२ (जुलाई १)

– राउन्ड अफ १६ (जुलाई ६)

८. मर्सिडिज बेन्ज (एट्लान्टा रंगशाला) जर्जिया राज्यको राजधानी एट्लान्टामा रहेको मार्सिडिज बेन्ज यसपाली सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो । ७५ हजार दर्शक क्षमता रहेको यस रंगशालाको ‘ले आउट’ एकदमै फरक र हेर्नलायक छ । सन् २०१७ मा तयार पारिएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ । अत्याधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि उक्त लोगो नहटाउने निर्णय गरेको थियो । रंगशालामा समूह चरणका पाँच र नहकाउटका तीन गरि कूल ८ खेल हुनेछन् ।

मर्सिडिज बेन्ज (एट्लान्टा रंगशाला)मा हुने खेलहरुः

– स्पेन भर्सेस केप भेर्डे (जुन १५)

– चेक रिपब्लिक भर्सेस दक्षिण अफ्रिका (जुन १८)

– स्पेन भर्सेस साउदी अरेबिया (जुन २१)

– मोरक्को भर्सेस हाइटी (जुन २४)

– कोंगो भर्सेस उज्वेकिस्तान (जुन २७)

– राउन्ड अफ ३२ (जुलाई १)

– राउन्ड अफ १६ (जुलाई ७)

– सेमिफाइनल (जुलाई १५)

९. मेटलाइफ रंगशाला (न्यु योर्क जर्सी रंगशाला) न्यु योर्कको इस्ट रुथरफोर्डमा रहेको मेटलाइफ स्टेडियमले जुलाई १९ मा चार वर्षका लागि नयाँ विश्व च्याम्पियन दिनेछ । साढे ८२ हजार दर्शक क्षमता रहेको रंगशालामा समूह चरणका पाँच र नकआउटका तीन गरि कूल ८ खेल हुनेछन् ।

मेटलाइफ रंगशालामा हुने खेलहरु

– ब्राजिल भर्सेस मोरक्को (जुन १३)

– फ्रान्स भर्सेस सेनेगल (जुन १६)

– नर्वे भर्सेस सेनेगल (जुन २२)

– इक्वेडर भर्सेस जर्मनी (जुन २५)

– पानमा भर्सेस इङ्ल्यान्ड (जुन २७)

– राउन्ड अफ ३२ (जुन ३०)

– राउन्ड अफ १६ (जुलाई ५)

– फाइनल (जुलाई १९)

१०. एनआरजी रंगशाला (ह्युस्टन रंगशाला) टेक्ससको ह्युस्टन शहरमा यसपाली समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गनेृछन् । जर्मनी, नेदरल्यान्ड्स र पोर्चुगलले यो रंगशालामा आफ्नो चुनौती पेश गर्दैछन् । ७२ हजार दर्शक क्षमता रहेको यस रंगशाला सन् २००२ मा उद्घाटन भएको हो । समूह चरणका पाँच र नकआउटका दुई गरि कूल ७ खेल एनआरजी रंगशालामा हुनेछन् ।

एनआरजी रंगशालामा हुने खेलहरु

– जर्मनी भर्सेस कोरासाओ (जुन १४)

– पोर्चुगल भर्सेस कंगो (जुन १७)

– नेदरल्यान्ड्स भर्सेस स्विडेन (जुन २०)

– पोर्चुगल भर्सेस उज्वेकिस्तान (जुन २३)

– केप भेर्डे भर्सेस साउदी अरेबिया (जुन २६)

– राउन्ड अफ ३२ (जुन २९)

– राउन्ड अफ १६ (जुलाई ४)

११. सोफी रंगशाला (लस एन्जलस रंगशाला) क्यालिफोर्नियास्थित इङ्गलवूड शहरमा रहेको सोफी रंगशाला ६ वर्षअघि मात्र तयार पारिएको हो । ७० हजार दर्शक क्षमता रहेको यो रंगशाला समूह चरणका पाँच र नकआउटका तीन गरि कूल ८ खेल हुनेछन् । अमेरिकाले विश्वकप अभियान यही रंगशालाबाट सुरु गर्नेछ । जुन १२ मा पाराग्वेसँग अमेरिकाको प्रतिस्पर्धाअघि विशेष उद्घाटन समारोह हुनेछ । कार्यक्रममा केटी पेरी, फ्युचर, अनिट्टा, लिसा, रेमा र टाइला जस्ता विश्वप्रसिद्ध कलाकारहरुले प्रस्तुति दिने सम्भावना छ । आयोजकहरुका अनुसार यो समारोहले अमेरिकाको सांस्कृतिक विविधता र विश्व मनोरञ्जन क्षेत्रमा रहेको प्रभावलाई झल्काउनेछ ।

सोफी रंगशालामा हुने खेलहरुः

– अमेरिका भर्सेस पाराग्वे (जुन १२)

– इरान भर्सेस न्युजिल्यान्ड (जुन १५)

– स्विट्जरल्यान्ड भर्सेस बोस्निया हर्जोगोभिना (जुन १८)

– बेल्जियम भर्सेस इरान (जुन २१)

– टर्की भर्सेस अमेरिका (जुन २५)

– राउन्ड अफ ३२ (जुन २८ र जुलाई २)

– क्वार्टरफाइनल (जुलाई १०)

१२. इस्टाडियो एक्रोन रंगशाला मेक्सिकोको ग्वाडालाजरा शहरमा अवस्थित इस्टाडियो एक्रोन रंगशाला आसन्न विश्वकपको सबैभन्दा कम दर्शक क्षमता भएको रंगशालामध्ये एक हो । रंगशालाको क्षमता मात्र ४८ हजार छ । सन् २०१० मा निर्माण सम्पन्न गरिएको यस रंगशालामा समूह चरणका चार खेल मात्र हुनेछन् ।

इस्टाडियो एक्रोन रंगशालामा हुने खेलहरुः

– दक्षिण कोरिया भर्सेस चेक रिपब्लिक (जुन ११)

– मेक्सिको भर्सेस दक्षिण कोरिया (जुन ११)

– कोलम्बिया भर्सेस कोंगो (जुन २३)

– उरुग्वे भर्सेस स्पेन (जुन २६)

१३. इस्टाडियो एज्टेका ( मेक्सिको सिटी रंगशाला) फिफा विश्वकप २०२६ इस्टाडियो एज्टेका अर्थात् मेक्सिको सिटी रंगशालाबाट सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेलअघि विशेष उद्घाटन समारोह हुनेछ । समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, ड्यानी ओसन, लिला डाउन्स, लस एन्जेल्स अजुलेस र मानाजस्ता कलाकारहरु देखिन सक्ने अपेक्षा छ । राजधानी मेक्सिको सिटीमा अवस्थित यस रंगशालाको दर्शक क्षमता ८३ हजार छ । यो मेक्सिकोकै सबैभन्दा ठूलो रंगशाला हो । यसले विश्वकपमा ५ खेल आयोजना गर्नेछ ।

इस्टाडियो एज्टेकामा हुने खेलहरुः

– मेक्सिको भर्सेस दक्षिण अफ्रिका (जुन ११)

– कोलम्बिया भर्सेस उज्वेकिस्तान (जुन १७)

– मेक्सिको भर्सेस चेक रिपब्लिक (जुन २४)

– राउन्ड अफ ३२ (जुन ३०)

– राउन्ड अफ १६ (जुलाई ६)

१४. इस्टाडियो बिबिभिए (इस्टाडियो मोन्टेरी) इस्टाडियो मोन्टेरीले साढे ५३ हजार दर्शक क्षमता राख्छ । सन् २०१५ मा उद्घाटन गरिएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरे गर्मी हुने ठाउँका रुपमा लिइएको छ । न्युनतम तापक्रम ३२ डिग्रीभन्दा बढी रहने अनुमान छ । रंगशालाले समूह चरणका तीन तथा राउन्ड अफ ३२ को एक खेल हुनेछ । प्रतियोगितामा यस रंगशालाले सबैभन्दा कम खेलहरु होस्ट गर्नेछ ।

इस्टाडियो बिबिभिएमा हुने खेलहरुः

– ट्युनिसिया भर्सेस स्विडेन (जुन १४)

– ट्युनिसिया भर्सेस जापान (जुन २०)

– दक्षिण कोरिया भर्सेस दक्षिण अफ्रिका (जुन २४)

– राउन्ड अफ ३२ (जुन २९)

१५. बिएमओ फिल्ड (टोरोन्टो रंगशाला) क्यानडाले आफ्नो विश्वकप अभियान ४५ हजार दर्शक क्षमता भएको टोरन्टो रंगशालाबाट सुरु गर्नेछ । यो क्यानाडाका लागि विशेष अवसर हुनेछ । किनभने पुरुष राष्ट्रिय टोलीले पहिलोपटक आफ्नै भूमिमा विश्वकप खेल्दैछ । मेक्सिको र अमेरिकासँग विश्वकप आयोजना गरिसकेको अनुभव छ । क्यानाडा पहिलोपटक यति ठूलो प्रतियोगिता ‘होस्ट’ गर्दैछ । त्यसैले पनि सम्पूर्ण क्यानेडियन जनताका लागि यो विशेष दिन हुनेछ । क्यानडा र बोस्निया एन्ड हर्जोगोभिनाको खेलअघि विशेष उद्घाटन समारोह हुनेछ । प्रतियोगिताकै सबैभन्दा कम दर्शक क्षमता रहेको यस रंगशालामा हुने समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारहरुले प्रस्तुति दिनछन् । यो रंगशालामा कुल ६ खेल हुनेछन् ।

टोरन्टो रंगशालामा हुने खेलहरुः

– क्यानडा भर्सेस बोस्निया एन्ड हर्जोगोभिना (जुन १२)

– घाना भर्सेस पानामा (जुन १७)

– जर्मनी भर्सेस आइभरी कोस्ट (जुन २०)

– पानामा भर्सेस क्रोएसिया (जुन २३)

– सेनेगल भर्सेस इराक (जुन २६)

– राउन्ड अफ ३२ (जुलाई २)

१६. बिसी प्लेस भ्यानकोभर ब्रिटिश कोलम्बिया राज्यस्थित भ्यानकोभर शहरमा अवस्थित बिसी प्लेस भ्यानकोभर रंगशालाले ५४ हजार दर्शक क्षमता राख्छ । सन् १९८३ सालमा उद्घाटन भएको बिसी प्लेसले सन् २०१५ मा सम्पन्न फिफा महिला विश्वकपको फाइनल होस्ट गरेको थियो । यसपाली पुरुष विश्वकपमा बिसी प्लेसले समूह चरणका पाँच र नकआउटका दुई गरि कूल सात खेलमा विभिन्न टोलीलाई आतिथ्यता गर्नेछ ।

बिसी प्लेसमा हुने खेलहरुः

– अस्ट्रेलिया भर्सेस टर्की (जुन १३)

– क्यानडा भर्सेस कतार (जुन १८)

– न्युजिल्यान्ड भर्सेस इजिप्ट (जुन २१)

– क्यानडा भर्सेस स्विट्जरल्यान्ड (जुन २४)

– बेल्जियम भर्सेस न्युजिल्यान्ड (जुन २६)

– राउन्ड अफ ३२ (जुलाई २)

– राउन्ड अफ १६ (जुलाई ७)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार