नेपाल सम्वत् ११४६, अनलागाः ९ नवमी (२६ जेष्ठ, २०८३, ९ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको छ।
बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ। साथै, अर्थ विधेयक निर्धारित अवधिभित्र फिर्ता नभएको जानकारी गराउने तथा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची पनि रहेको छ।
यद्यपि प्रधानमन्त्री वालेन शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका कारण आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने वा नगर्ने विषय भने अनिश्चित बनेको छ।
संसद्को अवरोध कायमै रहेमा बजेटमाथिको छलफल प्रभावित हुन सक्ने देखिएको छ। सरकारले बजेट सम्बन्धी प्रक्रियालाई अगाडि बढाउन चाहिरहेको भए पनि राजनीतिक सहमतिको अभावले संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij