Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

दोलखा भीमेश्वर गुठिले पायो आयकर छुटको प्रमाणपत्र

दोलखा भीमेश्वर गुठिले पायो आयकर छुटको प्रमाणपत्र

नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला । दोलखास्थित श्री दोलखा भीमेश्वर गुठि व्यवस्थापन समितिले नेपाल सरकारबाट आयकर छुट पाउने संस्थाको आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ। आन्तरिक राजस्व कार्यालय, धुलिखेलले २०८३ साल जेठ १२ गते जारी गरेको प्रमाणपत्रअनुसार समिति आयकर ऐन, २०५८ बमोजिम कर छुट प्राप्त गर्ने सामाजिक संस्थाको रूपमा दर्ता भएको हो।

प्रमाणपत्रमा समिति नाफा वितरण गर्ने उद्देश्यले स्थापना नभई धार्मिक तथा सामाजिक उद्देश्यका लागि सञ्चालन हुने संस्था भएकाले आयकर छुटको सुविधा प्रदान गरिएको उल्लेख छ। यद्यपि आयकर छुट प्राप्त संस्थाले कानुनअनुसार आय–व्यय विवरण पेश गर्ने, कर कट्टी तथा नवीकरणसम्बन्धी दायित्व नियमित रूपमा पूरा गर्नुपर्ने व्यवस्था भने यथावत् रहनेछ।

समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार विगतमा समिति नाफामूलक संस्था नभए पनि विभिन्न आर्थिक गतिविधि र कारोबारका आधारमा कर तिर्नुपर्ने अवस्था रहेको थियो। आयकर छुटसम्बन्धी कानुनी व्यवस्था र प्राप्त प्रमाणपत्रले समितिको कर सम्बन्धी अवस्थाबारे थप स्पष्टता ल्याएको उनले बताए।

पछिल्लो समय दोलखा भीमेश्वर मन्दिर तथा त्यससँग सम्बन्धित गुठी व्यवस्थापनका विषयमा विभिन्न बहस र चासो बढिरहेका बेला समितिले आयकर छुटको प्रमाणपत्र सार्वजनिक गरेपछि यस विषयले थप चर्चा पाएको छ।

Bhimeshwor.jpg
आन्तरीक राजस्वको कार्यालय धुलिखेलबाट प्राप्त आयकर छुट पाउने संस्थाको प्रमाण पत्र

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार