Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिजिटल सुशासन अब प्रधानमन्त्री कार्यालयबाट

डिजिटल सुशासन अब प्रधानमन्त्री कार्यालयबाट

नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । सरकारले सूचना प्रविधि र डिजिटल सुशासनसम्बन्धी सम्पूर्ण कार्यलाई एकीकृत गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना गर्ने तयारी अघि बढाएको छ। यसका लागि सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्रलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ।

नयाँ कार्यालयको संरचना, दरबन्दी र कार्यविवरण निर्धारण गर्न गठन गरिएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) समितिले प्रतिवेदन तयार गरिसकेको छ। उक्त प्रतिवेदनका आधारमा आगामी एक महिनाभित्र कार्यालयको विस्तृत स्वरूप टुंगो लाग्ने अपेक्षा गरिएको छ।

सरकारले हालै कार्य विभाजन नियमावलीमार्फत प्रधानमन्त्री कार्यालयको कार्यक्षेत्रमा सूचना प्रविधिसम्बन्धी जिम्मेवारीहरू थप गरेको छ। यससँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रविधिसम्बन्धी कार्य तथा सम्बन्धित निकायहरू प्रधानमन्त्री कार्यालयमा सारिएका छन्।

यद्यपि, संरचनागत परिवर्तनका कारण सम्बन्धित निकायहरूमा कार्यसम्पादन र निर्देशन व्यवस्थापनमा केही अन्योल देखिएको छ। साथै, नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टजस्ता महत्त्वपूर्ण परियोजनाहरू पनि नयाँ व्यवस्थाअनुसार कसरी अघि बढाउने भन्ने विषयमा कानुनी तथा प्रशासनिक स्पष्टताको प्रतीक्षामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार