नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयबाट प्रदान गरिने कक्षा ११ र १२ (प्लस टु) छात्रवृत्तिका लागि आइतबार छनोट परीक्षा सम्पन्न गरेको छ। महानगरका ८३ वटा परीक्षा केन्द्रमा २२ हजार १६ जना विद्यार्थी सहभागी भएका छन्।
महानगरका अनुसार अनलाइनमार्फत आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीतमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो। स्वीकृत आवेदकमध्ये ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी भएका हुन्।
छात्रवृत्ति परीक्षा समितिका संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालका अनुसार प्रारम्भिक योग्यताक्रमको नतिजा २४ घण्टाभित्र सार्वजनिक गरिनेछ। प्रारम्भिक नतिजाप्रति असन्तुष्ट विद्यार्थीलाई दुई दिन पुनर्योगका लागि समय दिइने र त्यसपछि अन्तिम योग्यताक्रम प्रकाशित गरिने उनले बताए।
अन्तिम योग्यताक्रमका आधारमा पहिलो चरणको मनोनयन सूची सार्वजनिक गरिनेछ। महानगरका शिक्षा अधिकृत रामचन्द्र खड्काका अनुसार अघिल्ला तीन वर्षमा क्रमशः ३,४५९, ३,८०१ र ३,७०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij