Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

हङकङमा ‘एभरेष्ट म:म फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न

हङकङमा ‘एभरेष्ट म:म फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । गैरआवासीय नेपाली संघ (NRNA) हङकङ र नेपाल महावाणिज्य दूतावास, हङकङको संयुक्त आयोजनामा ७३ औं अन्तर्राष्ट्रिय एभरेष्ट दिवसको अवसरमा ‘एभरेष्ट म:म फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पाएडमन्ड हिलारी ले सगरमाथा पहिलो पटक सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङ, हङकङ विधान परिषद्का सदस्य भिन्सेन्ट चेङ, याउ चिम मोङ जिल्ला परिषद्का सदस्यहरू तथा एनआरएनए आइसीसीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण ‘बेस्ट म:म इन एचके २०२६’ प्रतिस्पर्धा थियो, जसमा सात नेपाली रेस्टुरेन्ट सहभागी भएका थिए। २०० जनाले प्रत्यक्ष स्वाद परीक्षण गरी मतदान गरेका थिए। मतदानका आधारमा औसत ४.१ अंक प्राप्त गर्दै एभरेष्ट रेस्टुरेन्ट एण्ड बार उत्कृष्ट म:मको उपाधि जित्न सफल भयो।

कार्यक्रम एनआरएनए हङकङकी अध्यक्ष अनु राई को नेतृत्वमा सम्पन्न भएको थियो भने एनआरएनए आइसीसी उपाध्यक्ष राधिका गुरुङ (टीका) ले विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन्।

यस अवसरमा ‘एभरेष्ट विशेष संस्करण’ पत्रिकाको विमोचन पनि गरिएको थियो। साथै ‘च्याम्पियनको मानसिकता’ विषयक छलफलमा सगरमाथा आरोही अन्जला राईनिमा दोर्ची शेर्पा ले आफ्ना अनुभव साझा गरेका थिए।

एनआरएनए हङकङका महासचिव इन्दर पुर्जा पुन ले कार्यक्रमले नेपाली समुदाय, संस्कृति र हिमाली विरासतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गरेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार