Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रतिनिधिसभामा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन

प्रतिनिधिसभामा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । प्रतिनिधिसभाको बैठकका क्रममा केही सांसदहरूले अमर्यादित आचरण प्रदर्शन गरेको घटनाको अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले संसद् बैठकमा जानकारी दिँदै घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाइएको बताएका छन्।

सभामुखका अनुसार समितिलाई घटनासम्बन्धी आवश्यक अध्ययन, तथ्य संकलन तथा मूल्यांकन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। संसदीय मर्यादा र आचरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको वस्तुगत मूल्यांकन गर्दै आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ।

सभामुख अर्यालले सचिव प्रकाश अधिकारी को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिमा संघीय संसद्को योजना शाखा प्रमुख र प्रविधि शाखा प्रमुख सदस्य रहेका छन्।

आइतबार प्रतिनिधिसभामा नियमावली पारित गर्ने क्रममा विपक्षी सांसदहरूले वेल घेराउ गर्दै सभामुखको माइक खोस्ने प्रयास गरेका थिए। त्यसक्रममा घम्साघम्सी भएको थियो भने केही सांसदहरूले कुर्सी, टेबुल र माइकसमेत तोडफोड गरेको आरोप लागेपछि घटनाको छानबिन सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार