Nov 26 2026 | २०८३, मंसिर १०, गते

Nov 26 2026 | २०८३, मंसिर १०, गते

गणतन्त्र दिवस–२०८३ को अवसरमा प्रचण्डद्वारा शुभकामना तथा राष्ट्रिय एकताको आह्वान

गणतन्त्र दिवस–२०८३ को अवसरमा प्रचण्डद्वारा शुभकामना तथा राष्ट्रिय एकताको आह्वान

नेपाल सम्वत् ११४६, अनलाथ्वः १३ त्रयोदशी, (१५ जेष्ठ, २०८३, २९ मे, २०२६) शुक्रबार, बाँपिझ्याला ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभएको छ।

शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदहरूको बलिदान र ऐतिहासिक जनआन्दोलनहरूको उपलब्धि भएको उल्लेख गर्नुभएको छ। उहाँले गणतन्त्र कुनै व्यक्ति वा दलको नभई सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएकाले यसको मूल मर्म, मूल्य र उपलब्धिमाथि कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभएको छ।

उहाँले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउँदै राज्य सञ्चालन प्रक्रियामा रहेको परम्परागत सोच, स्वेच्छाचारिता र जनउत्तरदायित्वहीन प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। साथै, जनताको अधिकार, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको साँचो सम्मान हुने धारणा व्यक्त गर्नुभएको छ।

संयोजक प्रचण्डले किसान, मजदूर, महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित नगरी गणतन्त्र पूर्ण नहुने उल्लेख गर्दै समावेशी तथा समानुपातिक व्यवस्थालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभएको छ। उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने मान्यतालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ।

सन्देशमा उहाँले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै राजनीतिक शक्ति तथा आम नागरिकबीच सहकार्य र संवाद आवश्यक रहेको उल्लेख गर्नुभएको छ। राष्ट्रिय हितका सवालमा साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै उहाँले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ।

अन्त्यमा संयोजक प्रचण्डले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन सम्पूर्ण नेपाली जनतालाई आग्रह गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

Press-meet-2083.jpg
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार