Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

उपराष्ट्रपतिद्वारा ईद–उल–अज्हा पर्वको शुभकामना

उपराष्ट्रपतिद्वारा ईद–उल–अज्हा पर्वको शुभकामना

नेपाल सम्वत् ११४६, अनलाथ्वः १२ द्वादसी (१४ जेष्ठ, २०८३, २८ मे, २०२६) बिहीबार, बाँपिझ्याला । उपराष्ट्रपति रामसहायप्रसाद यादव ले ईद–उल–अज्हा (बकर इद) पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सुदृढ बनाउँदै सबैलाई मिलेर बस्न प्रेरित गर्ने बताउनुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यस पर्वले सामाजिक न्याय, समानता र सहकार्यको भावनालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले यहाँ मनाइने पर्वहरूले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक ऐक्यबद्धतालाई थप बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले ईद–उल–अज्हा पर्वले लोकतन्त्र, राष्ट्रिय अखण्डता र समृद्ध समाज निर्माणमा प्रेरणा दिने विश्वासका साथ सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार