Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर नगरपालिकाका विद्यालयमा अब शनिबार र आइतबार बिदा

भीमेश्वर नगरपालिकाका विद्यालयमा अब शनिबार र आइतबार बिदा

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) बुधबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू अबदेखि आइतबार पनि बन्द हुने भएका छन्। नगरपालिकाले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई औपचारिक निर्देशन जारी गरेपछि नयाँ शैक्षिक तालिका लागू हुने भएको हो।

नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र जारी गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। उक्त निर्देशन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको परिपत्रअनुसार नगर कार्यपालिकाको बैठकबाट पारित निर्णय कार्यान्वयन गर्न जारी गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार नयाँ व्यवस्था लागू भएपछि अब सबै विद्यालयले एउटै शैक्षिक क्यालेन्डर अनुसार सञ्चालन हुनेछन्। यसअघि नगर क्षेत्रभित्र केही संस्थागत विद्यालयहरू आइतबार पनि नियमित कक्षा सञ्चालन गर्दै आएका थिए भने सामुदायिक विद्यालयहरूमा भने फरक अभ्यास रहेको थियो।

नगरपालिकाले यस्तो फरक अभ्यासले विद्यार्थी, अभिभावक तथा शिक्षकबीच तालमेलमा समस्या देखिएको भन्दै एकरूपता ल्याउन यो निर्णय गरिएको बताएको छ। दुई दिन बिदा लागू भएपछि विद्यालयहरूको पठनपाठन समय व्यवस्थापन, पाठ्यक्रम पूरा गर्ने तालिका र अतिरिक्त क्रियाकलाप व्यवस्थापनमा पनि सहजता आउने अपेक्षा गरिएको छ।

नयाँ प्रणाली लागू भएसँगै विद्यालयहरूले अब शनिबार र आइतबार दुवै दिन पठनपाठन बन्द गर्नुपर्नेछ। नगरपालिकाले निर्णय कार्यान्वयनमा कुनै ढिलाइ नगर्न सबै विद्यालयलाई निर्देशन दिँदै अनुगमनसमेत कडाइका साथ गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार