Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रामकोट होमस्टेले बदलियो मगर समुदायको जीवन

रामकोट होमस्टेले बदलियो मगर समुदायको जीवन

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) मंगलबार, बाँपिझ्याला ।
रामकोट गाउँ
मा सञ्चालन भएको होमस्टे कार्यक्रमले स्थानीय मगर समुदायको जीवनशैली र आयआर्जनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । वि.सं. २०७५ देखि सुरु भएको होमस्टे व्यवसायले पहिले आर्थिक समस्यामा रहेका महिलाहरूलाई आत्मनिर्भर बन्ने अवसर दिएको छ ।

बन्दीपुर गाउँपालिका का अध्यक्ष सुरेन्द्रबहादुर थापा का अनुसार ‘बन्दीपुर भ्रमण वर्ष’ अभियानपछि रामकोटमा पर्यटकको आकर्षण बढेको हो । ग्रामीण पर्यटन प्रवर्द्धनका कारण अहिले यहाँ स्वदेशी तथा विदेशी पर्यटक नियमित पुग्न थालेका छन् ।

ढुंगाले छाएका परम्परागत घर र घुमाउने घरको विशेषता बोकेको रामकोटमा हाल १५ वटा होमस्टे सञ्चालनमा छन् । यहाँ आउने पाहुनालाई कोदो र फापरको ढिँडो, लोकल कुखुरा लगायत अर्गानिक परिकारसँगै कौरा, झ्याउरे र चुड्का नाचमार्फत सांस्कृतिक मनोरञ्जन प्रदान गरिन्छ ।

स्थानीय महिला कृष्णमाया थापा ले होमस्टेले आफ्नो जीवनमा उज्यालो ल्याएको बताउनुभएको छ । अहिले गाउँलेहरूले कुखुरा, बाख्रा, तरकारी तथा अन्य स्थानीय उत्पादन बिक्री गरेर अतिरिक्त आम्दानी गर्न थालेका छन् ।

निरकाजी आले का अनुसार युवाहरूलाई गाउँमै अवसर सिर्जना गर्दै होमस्टे विस्तारको काम भइरहेको छ । त्यस्तै, होमस्टे सचिव सावित्री थापा ले महिलाहरूको क्षमता विकास र सामूहिकता बढेको बताउनुभयो ।

सडक स्तरोन्नति र खानेपानीको समस्या अझै चुनौतीका रूपमा रहे पनि गाउँपालिकाले सडक कालोपत्रे र पूर्वाधार विकासलाई तीव्रता दिएको जनाएको छ । साथै सफारी जीप सेवा सञ्चालनपछि ग्रामीण क्षेत्रमा पर्यटक पुग्न अझ सहज भएको छ ।

लोक तथा दोहोरी गायक मेघनाथ रिमाल ले रामकोटको प्राकृतिक सौन्दर्यले आफूलाई बारम्बार आकर्षित गर्ने बताउनुभएको छ । उहाँले यही गाउँमा चुड्का गीतको भिडियो समेत छायांकन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार