नेपाल सम्वत् ११४६, अनलाथ्वः १० नवमी, (११ जेष्ठ, २०८३, २५ मे, २०२६) सोमबार, बाँपिझ्याला । देशभरका धेरै ग्रामीण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै घटेपछि शिक्षा मन्त्रालय विद्यालय मर्ज गर्ने तयारीमा जुटेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर २९३ सामुदायिक विद्यालयमा पाँचजनाभन्दा कम विद्यार्थी छन् भने तीन हजारभन्दा बढी विद्यालयमा २० जनाभन्दा कम विद्यार्थी अध्ययनरत छन्।
पहाडी क्षेत्रबाट सहर तथा तराईतर्फ बसाइँसराइ बढेसँगै गाउँका विद्यालयमा विद्यार्थी संकट गहिरिएको हो। कतिपय विद्यालयमा शिक्षकभन्दा विद्यार्थी कम भएका कारण कक्षा मिलाएर पढाउने र शिक्षकलाई अन्य विद्यालयमा खटाउने काम भइरहेको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले अत्यन्त कम विद्यार्थी भएका विद्यालयलाई नयाँ व्यवस्थाअन्तर्गत मर्ज गरिने बताएका छन्। उनले विद्यालय गाभ्दा भौगोलिक अवस्था, दूरी र विद्यार्थीको पहुँचलाई ध्यान दिइने उल्लेख गरेका छन्।
शिक्षाविद् विद्यानाथ कोईराला पनि कम विद्यार्थी भएका विद्यालय गाभ्नु उपयुक्त भएको बताए। तर उनले स्थानीय तह र समुदायसँग छलफल गरेर मात्रै निर्णय लिनुपर्ने सुझाव दिएका छन्।
धादिङ, बागलुङलगायत पहाडी जिल्लामा स्थानीय तहले पहिलेदेखि नै कम विद्यार्थी भएका विद्यालयका शिक्षक र विद्यार्थीलाई नजिकका विद्यालयमा व्यवस्थापन गर्न थालेका छन्। शिक्षा मन्त्रालयले अब ५० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई गाभ्ने विषयमा गृहकार्य अघि बढाएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij