Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सियौडाँडा सामुदायिक वनको छैठौँ साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सियौडाँडा सामुदायिक वनको छैठौँ साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नेपाल सम्वत् ११४६, अनलाथ्वः ७ सप्तमी, (९ जेष्ठ, २०८३, २३ मे, २०२६) शनिवार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको श्री सियौडाँडा सामुदायिक वन उपभोक्ता समूहको छैठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले शिवजी प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

समूहका निवर्तमान अध्यक्ष टेक बहादुर श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको उक्त साधारणसभा तथा उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष स्टालिन श्रेष्ठले सामुदायिक वनहरूले पर्यावरण संरक्षणसँगै उपभोक्ताहरूको हित र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ चयन भएको कार्यसमितिलाई वनको संरक्षण र सदुपयोग गर्दै नमुना काम गर्न शुभकामना समेत दिनुभयो।

साधारणसभाले वनको दिगो व्यवस्थापन र आगामी योजनाहरूका बारेमा छलफल गर्नुका साथै संस्थालाई अझ पारदर्शी र उपभोक्तामुखी बनाउने प्रतिबद्धता जनाएको छ। सभामा विशेष अतिथि  सब डिभिजन वन कार्यालय दोलखाका विष्णु बहादुर केसि,  फेकोफनका  अध्यक्ष जगन्नाथ बस्नेत, तिलिञ्चो रानिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, तिखातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फौज प्रसाद फुयालले शुभकामना मन्तव्य दिएका थिए । स्थापना काल वि.सं २०६३ साल देखि नै वन र वातावरण संरक्षणमा सक्रिय यस समूहको नयाँ नेतृत्वले आगामी कार्यकालमा वनको संरक्षण र संस्थागत विकासलाई अझ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सर्वसम्मत चयन भएको नयाँ कार्यसमिति:
सभाले सर्वसम्मत रूपमा चयन गरेको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पूर्ण विवरण निम्न अनुसार रहेको छ:
* अध्यक्ष: शिवजी प्रधान
* उपाध्यक्ष: गोपाल थामी
* सचिव: बबिता श्रेष्ठ जोशि
* कोषाध्यक्ष: कृष्ण कुमारी जोशि
* सदस्य: जय बहादुर श्रेष्ठ
* सदस्य: बासु जोशि 
* सदस्य: सुमित्रा श्रेष्ठ
* सदस्य: अम्बिका जोशि
* सदस्य: सोम बहादुर श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार