नेपाल सम्वत् ११४६, अनलाथ्वः ५ पञ्चमी (७ जेष्ठ, २०८३, २१ मे, २०२६) बिहीबार, बाँपिझ्याला । सल्यानमा आधारभूत तहका ५७७ बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनसम्बन्धी सहजीकरण कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्रतिनिधि तथा सामाजिक विकास समितिका संयोजकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनु रहेको बताइएको छ।
इकाइका अनुसार कक्षा १ देखि ८ सम्मको उमेर समूहका ५७७ बालबालिका अझै विद्यालय बाहिर रहेका छन्। अघिल्ला वर्षहरूको तुलनामा ड्रपआउट दर घट्दै गए पनि यो संख्या अझै चुनौतीपूर्ण रहेको जनाइएको छ।
इकाइ प्रमुख शेरबहादुर रोकाले अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी बनाउन स्थानीय तहले सक्रिय रूपमा भर्ना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार गरिबी, अभिभावकको चेतनाको कमी, बसाइँसराइ, बालश्रम र दुर्गम बस्तीका कारण केही बालबालिका अझै विद्यालय बाहिर छन्।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी भर्ना अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै समुदायस्तरमा सचेतना र निगरानी बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij