Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

आठ विश्वविद्यालयका उपकुलपति पदमा २१८ जनाको आवेदन

आठ विश्वविद्यालयका उपकुलपति पदमा २१८ जनाको आवेदन

नेपाल सम्वत् ११४६, अनलाथ्वः ५ पञ्चमी (७ जेष्ठ, २०८३, २१ मे, २०२६) बिहीबार, बाँपिझ्याला । मुलुकका आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि कुल २१८ जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार आवेदकहरूको नामावली सार्वजनिक गर्दै सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्व विद्यालयका लागि परेको जनाएको हो।

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ५० जनाले आवेदन दिएका छन्। यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्व विद्यालयमा समान ३८/३८ जनाको आवेदन परेको छ।

त्यसैगरी राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २० तथा सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाले आवेदन दिएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र — लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११ जनाको आवेदन दर्ता भएको मन्त्रालयले जनाएको छ।

अध्यादेशमार्फत साबिकका उपकुलपति तथा अन्य पदाधिकारी पदमुक्त भएपछि सरकारले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले गत २५ वैशाखमा १० दिनको समय दिँदै खुला आह्वान गरेको थियो।

उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ। समितिले अब विज्ञ उपसमिति बनाएर उम्मेदवारहरूको मूल्याङ्कन गर्नेछ।

उम्मेदवारहरूले सम्बन्धित विश्वविद्यालयको सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी पाँच हजार शब्दको रणनीतिक दृष्टिपत्र र कार्ययोजना पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार