Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय

नेपाल सम्वत् ११४६, अनलाथ्वः ४ चौथी (६ जेष्ठ, २०८३, २० मे, २०२६) बुधबार, बाँपिझ्याला । शिक्षा तथा खेलकुद मन्त्रालय ले शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सञ्चालन गर्न देशभरका विद्यालय तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले हालै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेको अवस्थालाई ध्यानमा राख्दै नयाँ शैक्षिक सत्रको नियमितता कायम गर्न यो निर्णय गरेको जनाएको छ।

यस सम्बन्धमा शिक्षा तथा मानवस्रोत विकास केन्द्र ले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई औपचारिक पत्राचार गर्दै कक्षा ११ को भर्ना, कक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गर्न आग्रह गरेको छ।

सरकारको यो निर्णयसँगै देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूले कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया तीव्र बनाउने भएका छन्। विद्यालयहरूले एसइई उत्तीर्ण विद्यार्थीहरूको रुचि तथा विषय छनोटका आधारमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा लगायत विभिन्न संकायमा भर्ना खुला गर्ने तयारी गरिरहेका छन्।

शिक्षा क्षेत्रका जानकारहरूका अनुसार समयमै पठनपाठन सुरु गर्दा शैक्षिक क्यालेन्डर व्यवस्थित बन्ने, परीक्षा तालिका प्रभावित नहुने तथा विद्यार्थीको अध्ययन अवधि पर्याप्त हुने अपेक्षा गरिएको छ। पछिल्ला केही वर्षमा विभिन्न कारणले शैक्षिक सत्र प्रभावित हुँदै आएको अवस्थामा यसपटक निर्धारित समयमै कक्षा सञ्चालन गर्ने सरकारको प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।

मन्त्रालयले सम्बन्धित निकायहरूलाई विद्यार्थी भर्ना, शिक्षक व्यवस्थापन, कक्षा सञ्चालन तथा शैक्षिक सामग्री तयारी समयमै सम्पन्न गर्न पनि निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार