Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

किम्फको २३ औं संस्करण मे २७ देखि काठमाडौंमा सुरु हुँदै

किम्फको २३ औं संस्करण मे २७ देखि काठमाडौंमा सुरु हुँदै

नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया (५ जेष्ठ, २०८३, १९ मे, २०२६) मंगलबार, बाँपिझ्याला । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव  (किम्फ) को २३ औं संस्करण मे २७ देखि ३१ (जेठ १३ देखि १७) सम्म काठमाडौंमा आयोजना हुने भएको छ। महोत्सव काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा सञ्चालन हुनेछ।

यस वर्षको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिइएको छ। नेपाल पानोरमा खण्डअन्तर्गत नेपाली समाज र समकालीन जीवनलाई उजागर गर्ने स्थानीय फिल्महरू पनि समावेश गरिनेछन्।

महोत्सव निर्देशक राम्यता लिम्बुका अनुसार कार्यक्रमले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक विषयमा गहिरो संवादका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा भारतकी निर्देशक त्रिवेणी राई निर्देशित ‘सेप अफ मोमो’ (छोरा जस्तै) को नेपाल प्रिमियर प्रदर्शन गरिनेछ।

नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा विशेष कार्यक्रम ‘अल्पाइन अलायन्सेस: न्यु वेभ अफ नेपाली सिनेमा’ आयोजना गरिनेछ। त्यस्तै ‘ह्वाट्स इन अ स्टोरी – सिनेमा एन्ड सेन्सरशिप’ शीर्षकमा प्यानल छलफल पनि हुनेछ।

नेपाल–जापान सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित ‘क्लाइम्बिङ फर लाइफ’ विशेष प्रदर्शन गरिनेछ, जुन पहिलो महिला सगरमाथा आरोही जुनको ताबेईको जीवनमा आधारित छ।

महोत्सवमा काठमाडौं डक ल्याब, छोटा फिक्सन ल्याब, स्क्रिप्ट पिचिङ फोरम तथा युवा केन्द्रित ‘आशा: ड्रीम्स इन मोसन’ जस्ता कार्यक्रम पनि समावेश छन्। अन्तर्राष्ट्रिय तथा नेपाली निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट चलचित्रहरू चयन गर्नेछ।

विजेता चलचित्रहरूलाई १,००० देखि १,५०० अमेरिकी डलरसम्म तथा नेपाल पानोरमाका विजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सर्वसाधारणका लागि टिकट शुल्क १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार