Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सनराइजर्स हैदरावाद प्लेअफमा प्रवेश, चेन्नईको यात्रा कठिन

सनराइजर्स हैदरावाद प्लेअफमा प्रवेश, चेन्नईको यात्रा कठिन

नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया (५ जेष्ठ, २०८३, १९ मे, २०२६) मंगलबार, बाँपिझ्याला । जारी आईपीएलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

गएराति सम्पन्न खेलमा चेन्नईले दिएको १८१ रनको लक्ष्य पछ्याएको सनराइजर्सले १९ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको हो। टोलीको जितमा Ishan Kishan ले उत्कृष्ट ७० रन बनाए भने हेइनरिच क्लासेनले ४७ रनको योगदान दिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। चेन्नईका लागि डेवाल्ड ब्रेभिसले ४४ रन, कार्तिक शर्माले ३२ रन तथा संजु सामसनले २७ रन जोडे।

सनराइजर्सको यो जितसँगै आईपीएल प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। यसअघि Royal Challengers Bengaluru प्लेअफमा पुगिसकेको थियो भने अब गुजरात टाइटन्स र सनराइजर्सले पनि अन्तिम चारमा स्थान बनाएका छन्।

यता, यो हारसँगै चेन्नईको प्लेअफ यात्रा कठिन बनेको छ। चेन्नईको १३ खेलबाट १२ अंक रहेको छ। अब उसले आफ्नो अन्तिम खेल बिहीबार गुजरात टाइटन्सविरुद्ध खेल्नेछ।

जारी आईपीएलमा आज राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टबीच  प्रतिस्पर्धा हुँदैछ।

 
 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार