Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

वीरगन्जबाट पक्राउ परे दुर्गा प्रसाईँ

वीरगन्जबाट पक्राउ परे दुर्गा प्रसाईँ

नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । दुर्गा प्रसाईँ लाई वीरगन्ज बाट प्रहरीले पक्राउ गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँ अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीय प्रशासनले कार्यक्रम सञ्चालनका लागि अनुमति नदिए पनि मंगलबार कार्यक्रम गर्ने तयारी भइरहेका बेला प्रहरीले वीरगन्जस्थित एक होटलबाट उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले सुरक्षा संवेदनशीलता र प्रशासनिक निर्णयलाई ध्यानमा राख्दै प्रसाईँलाई नियन्त्रणमा लिएको बताएको छ। घटनापछि वीरगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार