Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

चलचित्र कलाकार संघमा उत्तम केसीको नेतृत्व, नयाँ कार्यसमिति चयन

चलचित्र कलाकार संघमा उत्तम केसीको नेतृत्व, नयाँ कार्यसमिति चयन

नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल चलचित्र कलाकार संघको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल ३५६ मत खसेको निर्वाचनमा उत्तम केसी २१६ मतसहित अध्यक्षमा विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी सबिन श्रेष्ठ ले १३२ मत प्राप्त गर्नुभयो।

उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा पूजना प्रधान १४४ मतसहित विजयी हुनुभयो भने शिवहरी बैरागी ले १४६ मत प्राप्त गर्दै अर्को उपाध्यक्ष पद जित्न सफल हुनुभयो। अन्य उम्मेदवारमध्ये पनाह अधिकारी ले १३५, उद्धव भट्टराई ले १०७, डिबि तामाङ ले २७ तथा राजेन्द्र बस्नेत ले १८ मत प्राप्त गर्नुभयो।

महासचिव पदमा सुनील कटवाल १९५ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटी ले १२५ मत प्राप्त गर्नुभयो। सचिव पदमा गोपाल ढकाल २१४ मतसहित निर्वाचित हुँदा पल्पसा डंगोल ले ११० मत प्राप्त गर्नुभयो।

chalchitra.jpg

कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी पवित्रा आचार्य ले १०६ तथा खुश्व खड्का ले ५८ मत प्राप्त गर्नुभयो। सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी हुँदा गीता नेपाल ले १५३ मत प्राप्त गर्नुभयो।

सदस्य पदतर्फ निकै प्रतिस्पर्धात्मक मतगणना भएको थियो। विजयी हुने १० सदस्यमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनीका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराईसुलेमान इकु निर्वाचित हुनुभएको छ।

निर्वाचन परिणामसँगै चलचित्र कलाकार संघमा नयाँ नेतृत्वप्रति कलाकार तथा चलचित्रकर्मीहरूको चासो बढेको छ। विजयी उम्मेदवारहरूलाई बधाई तथा प्रतिस्पर्धामा सहभागी सबै कलाकारलाई शुभकामना व्यक्त गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार