नेपाल सम्वत् ११४६, बछलागाः १३ त्रयोदशी (१ जेष्ठ, २०८३, १५ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनमा थापाले ४६२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत पाए । थापाले पाठकलाई १०३ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा अध्यक्षसहित थापा नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको छ । वरिष्ठ उपाध्यक्षमा प्रविण श्रेष्ठ ४४९ मतसहित निर्वाचित भए भने उपाध्यक्षमा विवेककुमार खत्री ४४२ मत ल्याएर विजयी भए । महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ ५०० मतसहित निर्वाचित भएकी छन् ।
महासचिवमा सुरेश उप्रेती पुनः निर्वाचित भएका छन् । उनले ४९७ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निरन्तरता पाएका हुन् । सचिवमा अनिल रिजाल ४४५ मतसहित विजयी भए भने कोषाध्यक्षमा रामशरण बस्नेत ५२६ मत ल्याएर निर्वाचित भएका छन् ।
यस निर्वाचनलाई दोलखाको व्यवसायिक र राजनीतिक क्षेत्रले चासोका साथ हेरेको थियो । थापा प्यानलको पूर्ण विजयसँगै एमाले–रास्वपा समर्थित गठबन्धन पराजित भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij