Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

इतिहास बुझेर मात्रै निर्णय लिन भीमेश्वर नगर प्रमुखलाई आग्रह

इतिहास बुझेर मात्रै निर्णय लिन भीमेश्वर नगर प्रमुखलाई आग्रह

नेपाल सम्वत् ११४६, बछलागाः १२ द्वादसी (३१ बैशाख, २०८३, १४ मे, २०२६) बिहीबार, बाँपिझ्याला । भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनाराण मानन्धरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चरिकोटको पहिचानको लागि कुन चराको स्मारक बनाउँदा बेस होला भनेर लेखेकोमा स्थानिय दोलखावासीले खण्डल गर्दै ईतिहास  बुझेर मात्र निर्णय गर्न आग्रह गरेको छ ।

स्थानीय सम्पदा, नाम र पहिचानसँग जोडिएका विषयमा निर्णय गर्दा गहिरो अध्ययन र अनुसन्धान आवश्यक हुने भन्दै सरोकारवालाले नगर नेतृत्वलाई सावधानीपूर्वक अघि बढ्न सुझाव दिएका छन्।

“पहिले कोट किन रहन गयो, यसको ऐतिहासिक आधार के हो भन्ने बुझ्नुपर्छ,” भन्दै दोलखाका युवा समाजसेवी शिवजी प्रधानले टिप्पणीमा मेयरलाई इतिहास खोतल्न र विज्ञमार्फत अध्ययन गराउन आग्रह गरिएको छ।

यसै गरी टिप्पणीमा व्यंग्यात्मक रूपमा “अब डुमकोटमा डुमको, भिरकोटमा भिरको, नगरकोटमा नगरको प्रतिमा बनाउने हो त र?” भन्ने प्रश्न उठाउँदै बजेट विकास र आवश्यक काममा खर्च गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

स्थानीय इतिहास, संस्कृति र पहिचानलाई सम्मान गर्दै योजनाहरू अघि बढाउनुपर्नेमा जोड दिँदै नागरिकहरूले जनप्रतिनिधिलाई दीर्घकालीन सोचसहित निर्णय लिन आग्रह गरेका छन्।

Ishwor1.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार