Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा पेन्सन सेवा डिजिटल : सेवा निवृत्त कर्मचारीलाई पहिलोपटक डिजिटल पेन्सन पट्टा हस्तान्तरण

दोलखामा पेन्सन सेवा डिजिटल : सेवा निवृत्त कर्मचारीलाई पहिलोपटक डिजिटल पेन्सन पट्टा हस्तान्तरण

नेपाल सम्वत् ११४६, बछलागाः १२ द्वादसी (३१ बैशाख, २०८३, १४ मे, २०२६) बिहीबार, बाँपिझ्याला ।  कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) दोलखाले सेवा निवृत्त कर्मचारीका लागि पेन्सन प्रक्रिया डिजिटल प्रणालीमार्फत सुरु गरेको छ। यस अन्तर्गत डिभिजनल वन कार्यालय दोलखाबाट सेवा निवृत्त भएका गुप्त बहादुर बस्नेतलाई तेस्रो सेवाग्राहीका रूपमा डिजिटल पेन्सन पट्टा हस्तान्तरण गरिएको हो।

यसअघि पेन्सन पट्टा तयार गर्न कागजी प्रक्रिया, फाइल व्यवस्थापन र विभिन्न कार्यालयीय चरणहरू पार गर्नुपर्ने व्यवस्था थियो। त्यसले समय लाग्ने, फाइल हराउने वा प्रक्रिया ढिलो हुने समस्या देखिन्थ्यो। तर अब डिजिटल प्रणाली लागू भएपछि सबै विवरण अनलाइन प्रणालीमा प्रविष्ट हुने र स्वीकृति प्रक्रिया पनि इलेक्ट्रोनिक रूपमा अघि बढ्नेछ।

डिजिटल पेन्सन प्रणाली लागू भएपछि अवकाश वा राजीनामा स्वीकृत भएका कर्मचारीहरूको पेन्सन पट्टा छिटो तयार हुने, पारदर्शिता बढ्ने र सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घट्ने अपेक्षा गरिएको छ। साथै, अभिलेख सुरक्षित हुने भएकाले भविष्यमा आवश्यक परेमा सजिलै खोज्न सकिने व्यवस्था हुने बताइएको छ।

कोलेनिका दोलखाका अनुसार यो प्रणाली विस्तारै अन्य सेवाग्राहीहरूमा पनि लागू गर्दै जाने योजना छ। यसले सार्वजनिक सेवा प्रवाहलाई आधुनिकीकरण गर्ने र सरकारी प्रशासनलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।

यस पहललाई स्थानीय तहमा डिजिटल शासन (e-governance) तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले सरकारी सेवा अझ प्रभावकारी, छरितो र जवाफदेही बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार